दफा १२
साझेदारको आपसी सम्वन्ध
– (१) साझेदारहरुको आपसमा भएको कबुलियतद्वारा साझेदारीमा हक र दायित्व कायम हुन्छ । यस्तो कबुलियत आपसको व्यवहारबाट अंकित भएको वा लिखित रुपमा पनि हुन सक्छ ।
(२) साझेदारीको कबुलियत भएकोमा सो कबुलियतमा लेखिए बमोजिम र सो नभएकोमा यस ऐनका दफा १३ देखि २६ सम्मको दफाहरु साझेदारीलाई लागू गर्नुपर्छ ।